आबकारी विभागको ब्यारेकमा आगलागी

1000579021.jpg

नक्सलबारी: नक्सलबारी आबकारी विभागको ब्यारेकमा आगलागी हुँदा भागदौड मच्चिय भने यस आगलागीमा आबकारी विभागको फर्निचर लगायत केही समानहरू जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार अधिकारीहरूले आबकारी विभागको ब्यारकमा धुँवा देखेपछि तत्कालै आगो निभाउने प्रयास गरे। यसपछि नक्सलबारी दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। सर्ट सर्किटले गर्दा उक्त आगलागी भएको हुनसक्ने अनुमान लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement