नयॉं दिल्ली: चुनाउ आयोगले आइतवार सिक्किम र अरुणाचल प्रदेशमा मतगणनाका तारिकहरूमा फेर-बदल गरेको छ। उक्त दुई राज्यमा विधानसभा चुनाउको मतगणना ४ जूनको सट्टामा २ जूनमा हुनेछ।
चुना आयोग अनुसार, दुई राज्यको विधानसभाको कार्यकाल २ जूनमा पूरा हुनेछ। यसलाई ध्यानमा राख्दै तरिकहरूमा फेर-बदल गरिएको हो। विधानसभाको कार्यकाल पूरा हुनुभन्दा अघि नै चुनाउ प्रक्रिया पूर्ण गर्नु आवश्यक रहेको चुनाउ आयोगको भनाई छ।
चुनाउ आयोगले शनिवार लोकसभा चुनाउका साथै चार राज्य आन्ध्र प्रदेश, ओडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाउको तरिकहरू घोषणा गरेको थियो। अरुणाचल प्रदेश र सिक्किममा लोकसभा चुनाउको पहिलो चरणका साथै १९ अप्रेलमा मतदान हुनेछ।