मन्त्री पार्थ च्याटर्जी र अर्पिता मुखर्जीको सुरक्षामा केन्द्रिय जवानहरू तैनाथ

1068374-partha-arpita-970x545.jpg


कोलकाता: शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी र उनकी महिला मित्र अर्पिता मुखर्जीको सुरक्षामा भारी संख्यामा केन्द्रिय जवानहरूलाई तैनाथ गरिएको छ। ईडीका एक वरिष्ठ अधिकारीले नाम उजागर नगर्ने शर्तमा बताए, दुवैको सुरक्षालाई खतरा छ, यसैले यिनीहरूलाई सुरक्षित राख्नका लागि केन्द्रिय सशस्त्र पुलिस बल (सीएपीएफ) का ८६ जवानहरू तैनाथ गरिएको छ।

उल्लेख्य, इडीले जब अर्पितालाई पक्राउ गरेर लगिरहेको थियो, त्यति बेला एउटा ट्रकले उनको लश्करलाई हिर्काएको थियो। तब यो एक सामान्य दुर्घटना लागिरहेको थियो तर जब उनको घरबाट ५० करोड़ नगद र लगभग चार करोड़ रूपियाँको सुन-चाँदी र अन्य समान बरामद भइसकेको छ तब यस दुर्घटनालाई गम्भीरताले हेरिँदैछ। यसबाहेक दुवैलाई हरेक तेस्रो दिन चिकित्सकीय जाँचको निम्ति जोका ईएसआई अस्पताल लगिन्छ जहाँ अर्पिताले सामान्य व्यवहार गरिरहेकी छैनन्। यसैले यिनीहरूको सुरक्षामा विशेष रूपमा जोड दिइएको छ। केन्द्रिय बलहरूको ८६ जवानलाई लिएर छह गाड़ीको लश्करलाई यिनीहरूको सुरक्षामा जुटाइएको छ, जसले यिनीहरूलाई अस्पताल लैजानेछ र त्यहाँबाट ल्याउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *