७ वर्षपछि दार्जीलिङमा फर्किने प्याराग्लाइडिङको रौनक

Paragliding

कोलकाता: जीटीएले दार्जीलिङमा अप्रेलको दोस्रो साताबाट प्याराग्लाइडिङ पुनः शुरु गर्ने भएको छ। गोर्खाल्याण्ड आन्दोलनका कारण सन् २०१७ बाट ठप्प भएको साहसिक पर्यटन सुविधा सन् २०११ मा शुरु भएको थियो। दार्जीलिङका प्रमुख संयोजकले भने, ‘आगामी सिजनमा साहसिक पर्यटन प्रवर्धन गर्न विभागले प्याराग्लाइडरहरूको सुविधामा सुधार गर्ने र कालेबुङमा हाइकिङको संख्या बढाउने बारेमा पनि विचार गरिरहेको छ। दार्जीलिङ र कालेबुङ मा प्याराग्लाइडिङ संचालनका लागि दर्ता भएका साहसिक कम्पनीहरूले मात्र आवेदन दिन पाउनेछन्l’ दार्जीलिङले शहरको वास्तुकला र प्रकृतिको दृश्यका साथ सेन्ट पलदेखि लेबोङसम्म प्याराग्लाइडिङ सुविधा प्रदान गर्दछ। मौसम परिस्थितिमा निर्भर गर्दछ यो १५ देखि ३० मिनेट सम्म रहन्छ। दार्जीलिङमा प्याराग्लाइडिङ जाने सबैभन्दा उपयुक्त समय अक्टोबरदेखि मार्चसम्मको मौसम प्रायः घाम लाग्ने भएकाले कञ्चनजङ्घाको उत्कृष्ट दृश्य उपलब्ध हुने गरेको छ। प्याराग्लाइडिङ कम्पनीमा तालिम, नियमित निरीक्षण र अन्य क्रियाकलाप गराउने योजना रहेको समाचारमा बताइएको छ। समाचारअनुसार तालिम खर्च धान्न पर्याप्त राजस्व आर्जन गर्नुपर्नेमा जोड दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *