फुड सब इन्स्पेक्टरको परीक्षा प्रश्नपत्र लिक गरेको आरोपमा ५ जना पक्राउ

1000579021.jpg

सिलगढी: पश्चिम बंगाल लोक सेवा आयोगद्वारा राज्यको फूड एण्ड सप्लाई सब-इन्स्पेक्टरको प्रश्नपत्र लिक गरेको आरोपमा पाँचजना मानिसहरूलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूमा तन्मय पाल, मोहम्मद सद्दाम, आनन्द दास, जयजित दास र सुमंगल चौधरी सामेल छन्। यी सबै राज्यका विभिन्न क्षेत्रका बासिन्दा हुन्।

पुलिस सूत्र अनुसार गए शनिवार सिलगढ़ी समेत राज्यका विभिन्न स्कूलहरूमा पश्चिम बंगाल लोक सेवा आयोगद्वारा राज्यको फूड एण्ड सप्लाई सबइन्स्पेक्टरको भर्ती परीक्षा संचालन गरिएको थियो। कथित रूपमा यी पाँचजना आरोपीहरूले आफूसित मोबाइल फोन बोकेरै परीक्षा केन्द्रभित्र प्रवेश गरे। त्यसपछि यिनीहरूले प्रश्नपत्रको तस्वीर कैद गरेर भायरल गरिदिए। यसको सिकायत प्राप्त भएपछि पुलिसले घटनाको अनुसन्धान गऱ्यो अनि सिलगढ़ीबाट पाँचजनालाई पक्राउ गऱ्यो।

सूत्र अनुसार प्रधाननगर थाना क्षेत्रको भारती हिन्दू विद्यालयबाट तीनजना मानिसहरूलाई पक्राउ गरिएको छ भने अन्य दुईमध्ये एकजनालाई नेताजी हाई स्कूल र दोस्रोलाई माटीगाड़ाको कवि सुकान्त हाई स्कूलबाट पक्राउ गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *