काेचबिहार: राज्य चुनाउ आयोगले लोकसभा चुनाउको मिति घोषणा गरेपछि आज जिल्ला शासक अरविन्द कुमार मीणाले काेचबिहार जिल्लाशासक कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, काेचबिहार जिल्ला प्रशासन लोकसभा चुनाउ सम्पन्न गराउनको लागि पूर्ण रूपमा तयार रहेको छ। केन्द्रीय चुनाउ आयोगको निर्देशानुसार काेचबिहार जिल्लामा चुनाउ नियमहरूको पालन गरिनेछ। काेचबिहार जिल्लामा मोठ मतदाताको संख्या २४ लाख ४९ हजार ३८३ रहेको छ। सिनियर सिटीजनहरूको लागि घरबाट मतदान गर्ने व्यवस्था रहेकोले गर्दा यदि तिनीहरूले आवेदन गरेको खण्डमा घरबाटै मतदान गर्ने व्यवस्था गरिनेछ।