पाँच वर्षीय नानीको साथ दुष्कर्म गरने आरोपित पक्राउ

सिलगढ़ी: फांसीदेवा थाना क्षेत्रबाट आज एक पाँच वर्षीय नानीको साथ दुष्कर्मको घटना घटेको सनसनीपूर्ण मामिला अघि आएको छ। त्यही, यस मामिलामा पुलिसले एक नाबालिगलाई पक्राउ पनि गरेको छ। पक्रा परेको आरोपितलाई आज जुवेनाइल अदालतमा पठाइएको छ।

सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, ३० जुलाईको दिन बालिकाका माता-पिता दुवै संधै झैं बारीमा काम गर्न गएका थिए। कामबाट फर्केपछि उनीहरूले आफ्नी छोरीलाई अस्वस्थ र तड़पीरहेको पाए। जब परिजनहरूले नानीलाई सोधे तब उसले सबै घटना बताइन्। जसपछि सोमवार राति पीड़ित परिवारले फांसीदेवा थानामा उक्त नाबालिक आरोपित विरूद्ध लिखित शिकायत दर्ता गरायो। यसैको आधारमा नाबालिगलाई सोमवार राति पुलिसले पक्राउ गरेको छ। अहिले पीड़ित बालिका उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा चितित्साधीन छिन्।

About Author

Advertisement