केजरीवाललाई ईडीको ९औं समन

Arvind-Kejriwal

नयॉं दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका समस्याहरू रोकिने नाम लिएका छैनन्। ईडीको तर्फबाट उनलाई नयॉं समन पठाएर २१ मार्चमा सोधपुछको निम्ति बोलाइएको छ।

शनिवार मात्र दिल्ली आबकारी घोटालाको मनी लण्ड्रिङ मामिलामा दिल्लीको राऊज एवेन्यू कोर्टबाट अरविन्द केजरीवालले राहत पाएका छन्। तर, आइतवार ईडीले केजरीवाललाई ९औं समन पठाएर, बिहिवार, २१ मार्चमा  सोधपुछको निम्ति बोलाएको छ।

आम आदमी पार्टीले आज, आइतवार प्रेस कन्फ्रेन्स गर्ने भएको छ। पार्टीको आरोप छ, लोकसभा चुनाउभन्दा अघि ईडीले मुख्यमन्त्री अरविन्द केजरीवाल विरुद्ध नयॉं केस खोलेको छ। पार्टीले ईडीको उद्देश्य केजरीवाललाई पक्राउ गर्नु रहेको दाबी गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *