मंगन: मंगन जिल्लाको निम्ति जिल्ला नियन्त्रण केन्द्र पेन्टोकको जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको छ। विशेष गरेर आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै मतदाताहरूको कुनै गुनासो साथै समस्या भएमा उक्त केन्द्रमा सोझै सम्पर्क गरेर समस्याबाट मुक्ति पाउने आशामा स्थापना गरिएको हो।

यसबाहेक, नागरिक र मतदाताहरूलाई आईफोन र एन्ड्रोइड दुवैका लागि उपलब्ध सीभीजील एप डाउनलोड गर्न प्रोत्साहित गरिएको छ, जहाँ उनीहरूले आदर्श आचारसंहितासँग सम्बन्धित आफ्ना गुनासोहरू दर्ता गर्न सक्छन्।









