साधारण चुनाउ २०२४ बारे जागरूकता फैलाउन ‘इलेक्शन रन’ आयोजित

IMG-20240317-WA0189.jpg

गान्तोक: आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ सम्वन्धि मानिसहरूलाई सचेत गराउने उद्देश्यले आज एमजी मार्गबाट “चुनाउ दौड” आयोजना गरियो। यस दौडलाई राज्यका मुख्य सचिव भीबी पाठकले झण्डा हल्लाएर प्रस्थान गराएका हुन्। राज्यका मुख्य चुनाउ अधिकारी र गैरसरकारी संस्था सर्विस मेन काइन्डको संयुक्त पहलमा आयोजना गरिएको यस दौड थिम मतदान जस्तो केही छैन्, म अवश्य पनि मतदान गर्नेछु रहेको थियो। दौडको उद्देश्य आगामी आम चुनाउ २०२४ लाई ध्यानमा राखी युवा मतदातालाई विशेष ध्यान दिई सचेतना जगाउनु रहेको थियो। यस दौडमा ५३० धावकहरूले सहभागिता जनाएका थिए। यस प्रतियोगिताको पुरूषवर्गमा निम दोर्जी शेर्पा प्रथम भएका छन् भने फूर्बा तामाङ दोस्रो र केशव अधिकारीले तेस्रो स्थान हासिल गरेका छन्। सोही प्रकारले महिलावर्गमा सोहिनी लिम्बू प्रथम भएकी छन् भने प्रनिजा प्रधान दोस्रो र किञ्जाङ भोटिया तेस्रो बनेकी छन्। राज्यका मुख्य मुख्य चुनाउ अधिकारी डी. आन्नदनले आफ्नो सम्बोधनमा उपस्थित सबैलाई हार्दिक शुभकामना दिए।

उनले युवाहरूलाई आफ्नो मतदानको अधिकारबारे सचेत गराउन लक्षित गर्नुपर्नेमा जोड दिँदै राज्यका मतदाताको उच्च प्रतिशत रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement