पाशुपत क्षेत्रका पुरातात्विक महत्वका धारा, कुवा र इनारहरूको त्खनन् शुरु

Photo-4-1-1

काठमाडौं: काठमाडौं महानगरपालिकाले पाशुपत क्षेत्रमा पुरातात्विक तथा लोपोन्मुख अवस्थामा रहेका धारा, कुवा र इनार लगायतको उत्खनन् कार्य थालेको छ  यहाँ दबाइएका, लोप हुने अवस्थामा पुगेका, पुरातात्विक तथा ऐतिहासिक महत्वका वस्तुहरुको खोजी कार्य थालिएको महानगरको सम्पदा तथा पर्यटन विभागका संयोजक एवं वार्ड बन्मब्र नम्बर ८ का अध्यक्ष आशामान संगतले बताए। ‘तीब्र शहरीकरणसँगै यहाँका कुवा, इनार, पाटी पौवा, धारा लगायतका संरचनाहरू मास्सिएका छन्। कतिपय संरचनाहरू पुरिएका छन्,’ उनले भने, ‘पुरातात्विक एवम् ऐतिहासिक महत्वका वस्तुहरू संरक्षण गर्नुपर्नेछ,  ढिलै पनि महानगरपालिका मार्फत् हामीले प्रयास थालेका छौँ।’

वार्ड ८ भित्र रहेका नौ वटा इनार, नौ वटा डबली, नौ वटा ढोका, नौ वटा शक्तिपिठ, नौ वटा टोल, नौ वटा ढुङ्गेधारा, नौ वटा जात, नौ वटा पोखरी, नौ वटा पाटीपौवा तथा पुरातात्विक ऐतिहासिक संरचनाहरुको संरक्षणका निमित्त उत्खनन्सुरुवात गरिएको अध्यक्ष संगतले जानकारी दिए। उनले महानगरपालिका८ अन्तर्गत पर्ने ताम्रेश्वर मन्दिर परिसरबाट वासुसशी गल्ली जाने तर्फको ऐतिहासिक, पुरातात्विक इनारको उत्खनन कार्यसँगै वार्ड भित्र रहेको सम्पूर्ण ऐतिहासिक वस्तुहरूको उत्खनन कार्यको शुरूवात भएको बताए। पुरातात्विक इतिहासले भरिपूर्ण सम्पदाहरूको उत्खनन्मा वडाले प्रमाणसहित खोजी कार्य अगाडि बढाएको उनले बताए। ‘हामीले जयवागेश्वरीबाट पशुपतिनाथ मन्दिर परिसर जाने बाटोमा रहेको इनार तथा इटापाखाको पिपल बोटसँगै रहेको इनारको समेत खोजी गरी सप्रमाण उत्खनन्को तयारी गरेका छौँ,’ वार्ड अध्यक्ष संगतले भने। उक्त इनार करिब ४० देखि ५० वर्ष पूरानो भएको र तत्कालीन समयमा स्थानीयवासीले त्यहीँ इनारको पानी  पिउने तथा ताम्रेश्वर महादेवलाई जल अर्पण गर्ने गरेको स्थानीयको भनाइ छ। वार्ड भित्रको सबैभन्दा लामो इनारका रूपमा रहेको उक्त इनारबस्ती बाक्लो भएसँगै वरपरका स्थानीयले इनारलाई पुरेर दबाएको र कंक्रिट बनाएर त्यसमाथि बाटो बनाएकोले अब वडाले उत्खनन् गर्ने योजना बनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *