निर्वाचनको मिति घोषणालाई सुकान्त मजुमदारले जनाए स्वागत

Screenshot_20240317_141521_WhatsApp

कोलकाता: देशभर लोकसभा चुनावको मिति घोषणा भएको छ। पश्चिम बंगालमा सात चरणमा चुनाव हुनेछ। सत्तारुढ दल तृणमूल कांग्रेसले यसप्रति असन्तुष्टि व्यक्त गरेको छ। तर, भाजपाले निर्वाचन आयोगको यो कदमको स्वागत गरेको छ। भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदारले निर्वाचन आयोगको निर्णयको स्वागत गरे। उनले पछिल्लो पटक पनि बंगालमा सात चरणमा चुनाव भएको बताए। उनले भने, ‘यसपटक पनि फरक छैन। बंगालको राजनीतिक हिंसाको इतिहासले गर्दा यहाँ एक–दुई चरणमा र ठूलो संख्यामा केन्द्रीय शक्तिको उपस्थितिबिना निर्वाचन गराउन सम्भव छैन। निर्णयमा हामी खुशी छौंl’ जुमदारले भने, ‘बंगालमा हिंसाका घटनालाई नियन्त्रण गर्नु अत्यन्त जरुरी छl’ उनले देशमा तेस्रो पटक भाजपाको सरकार बन्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *