कप्तानीको दबाउबाट मुक्त भएपछि रोहितलाई फाइदा हुने फिञ्चको दावी

IMG-20240317-WA0147.jpg

नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व टी२० कप्तान एरोन फिञ्चको भनाइअनुसार, कप्तानीको दबाउ नहुँदा रोहित शर्मा अब खुलेर ब्याटिंग गर्नेछन् अनि यसले मुम्बई इण्डियन्सलाई आईपीएल २०२४-मा फाइदा हुनेछ। रोहितको कप्तानीमा मुम्बई इण्डियन्सले ५ पल्ट आईपीएल खिताब जितेको छ तर यसपाली उनको स्थानमा हार्दिक पाण्ड्यालाई कप्तान नियुक्त गरिएको छ। फिञ्चले रोहितको निम्ति अब एकमात्र चुनौती मैदानमा ओर्लिएर टीमलाई असल शुरुवात दिलाउने रहेको बताएका छन्, जुन उनले भारत र मुम्बईको निम्ति सालौंदेखि गर्दै आएका छन्। फिञ्चले भने, टीमको कप्तानी गरिरहेको समय तपाईं जहाँ गए पनि टीमका कप्तान नै रहनु हुन्छ। तपाईंले यसबारे धेरै सोच्नु हुन्छ तर अहिले रोहितमाथि कप्तानीको दबाउ रहनेछैन। यसले उनलाई अनि मुम्बई इण्डियन्सलाई फाइदा हुनेछ। आईपीएलको गत सीजनमा कलकत्ता नाइट राइडर्सको टीम पाँचौं स्थानमा रहेको थियो तर फिञ्चलाई अष्ट्रेलियाई पेस बलर मिचेल स्टार्कको आगमनपछि टीमले यस सीजनमा असल प्रदर्शन गर्ने आशा रहेको छ। उनले भने, यसपाली केकेआर-को टीमले गतपल्टको तुलनामा निश्चित रूपले असल प्रदर्शन गर्नेछ। मिचेल स्टार्क जस्ता खेलाड़ी साथमा रहने कुनै पनि टीमको प्रदर्शनमा सुधार आउँछ। उनले आफ्नो टीमलाई शुरुमै केही महत्त्वपूर्ण विकेट दिलाउन सक्छन् अनि पावरप्ले-मा यो कुनै पनि टीमको निम्ति महत्त्वपूर्ण हुन्छ। उनी डेथ ओभरहरूका पनि निपुण बलर हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *