बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली शुरु

Photo-4-2

काठमाडौं: फागु पर्वको आजदेखि विधिवत् रुपमा शुरुवात भएको छ।  फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको हो। फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौ तँलाछीका धालासिक्व मानन्धर समूहले बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्वको शुरुवात भएको छ। विशेषगरी फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले चीर ठड्याउँदै आएको समाजका महासचिव गजेन प्रसाद मानन्धरले जानकारी दिए।

चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिने र त्यसमा कोरा कपडाले बेरेर रङ्गीचङ्गी ध्वजा पताका उनेर चीर ठड्याएपछि विधिवत रुपमा होली पर्व शुरु भएको मानिन्छ। आइतबार बिहान बसन्तपुरको हनुमानढोका अगाडि शुभसाइतमा नेपाली सेना, गुर्जुको पल्टनलगायतको सहयोगमा चीर ठड्याएको हो। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा २४ मार्च (चैत ११ गते) होली खेलेर फागु पर्व मनाइँदै छ भने तराई मधेशका विभिन्न जिल्लामा २५ मार्च (चैत १२ गते) फागु पर्व मनाइने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *