अम्बटे र मकैबारीमा किशोरी दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य जाँच

0e421380-2ab4-4a93-9cb8-54c6a68b3b9f

खरसाङ: खरसाङ खण्डअन्तर्गत पाण्डु ग्राम पंचायतको अम्बटे र मकैबारी  चिया बगानमा शनिबार (१६ मार्च) किशोरी दिवस पालन गरियोl किशोरी दिवस स्कीम फर एडोल्सेन्ट  गर्ल्स (एसएजी- कन्याश्री प्रकल्प-केपी) खरसाङ र आईसीडीएसको आँगनबाडी वर्करहरूद्वारा अम्बटे र मकैबारी स्वास्थ्य केन्द्रको सहयोगमा आयोजना गरिएको होl यसबारेमा एसएजी- कन्याश्री प्रकल्प-केपीकी फिल्ड फेसिलिटेटर प्रियंका विश्वकर्मले जानकारी दिएकी छिन्l छुट्टाछुट्टै रुपमा आयोजना गरिएको यस कार्यक्रममा दुवै क्षेत्रका किशोरीहरूको नि:शुल्क स्वास्थ्य जाँचका साथ मलेरिया, बीएमआई र एनिमिया जाँच गरियोl २८ जना किशोरीहरू मध्येमा एक जना एनेमिक पाइएको हुँदा तत्काल उपाचारको व्यवस्था गरियोl यस बाहेक कार्यक्रममा महिनावारीका बेलामा अपनाउनु पर्ने स्वच्छता र समय नपुगी गरिने बिहेबाट हुने क्षतिबारे एएनएम स्वस्तिका राईले परामर्श दिइन्l

एसएजी (केपी) खरसाङकी फिल्ड फेसिलिटेटर प्रियंका विश्वकर्मले कन्याश्री प्रकल्पको बारेमा जानकारी दिँदै स्कूल ड्रपआउट्सबारेमा उपस्थित किशोरीहरूसित चर्चा गरिन्l यस किशोरी दिवस कार्यक्रममा १९ वटा आँगनबाडी केन्द्रहरूको सहभागिता रहेको थियो भने स्वास्थ्य विभागबाट सेकेण्ड एएनएम सरिना लामा र एसएजी (केपी) खरसाङकी फिल्ड फेसिलिटेटर लोब्साङ शेर्पा कार्यक्रममा विशेष रुपमा सक्रिय थिएl उल्लेखनीय छ, पश्चिम बंगाल सरकारको परियोजना एसएजी (केपी) सन् २००४ देखि समग्र उत्तर बंगाल, सिक्किम भेकमा मानव तस्करी विरुद्ध अभियान चलाउँदै आएको गैर सरकारी संस्थाकञ्चनजङ्घा उद्धार केन्द्रले आईसीडीएससित साझेदारीमा संचालन गरिरहेको छl कञ्चनजङ्घा उद्धार केन्द्रले यो परियोजना सुकेपोखरी, मिरिक र फाँसीदेवामा पनि संचालन गरिरहेको छl   

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *