आगलागीमा एकै परिवारका तीनजनाको मृत्यु

IMG-20240317-WA0170.jpg

कालेबुङ: कालेबुङ जिल्लाको पेदोङ थाना अन्तर्गत लोवर नियोङमा एक जलेर घरमा रहेका तीनजनाको मुत्यु भएको छ। पेदोङ थाना अन्तर्गत पर्ने लोवर न्योतना स्थानीय रामकुमार विश्वकर्मको अस्थायी रूपमा बनाइएको घर जलेर स्वाहा भएको छ भने उक्त आगलागीको घटनामा रामकुमार विश्वकर्म, उनको पत्नी लिला दर्जी र सानो नानीको पनि मुत्यु भएको जानकारी प्राप्त भएको छ।

उक्त घटनाको विषयमा प्रारम्भिक जाँचमा कुनै तथ्य अघि आएको छैन। उक्त घटनाको जाँच थालिएको छ भने मृत देहलाई पोष्टमोर्टनको लागि पठाइएको छ भने यस घटनाको वास्तविक छानबीन शुरु गरिएको जानकारी प्राप्त भएको छ।

उक्त आगलागीको घटनाको सत्य तथ्य बुझ्नलाई फोरेन्सिक लाब टिमलाई बोलाइएको छ भनी पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement