काेलकत्तामा जावा येज्दी मोटरसाइकलको तीन दिने मेगा सर्विस क्याम्प

IMG-20240317-WA0126.jpg

काेलकत्ता: जावा येज्दी मोटरसाइकल ग्राहकहरूका सुविधाका लागि काेलकत्तामा तीन दिने मेगा सर्भिस क्याम्प आयोजना गरिएको छ। धेरै राज्यहरूमा हालका सफल सर्विस क्याम्पहरू पछि, काेलकत्तामा १६-देखि १८ मार्चसम्म तीन दिने क्याम्प आयोजना गरिनेछ। यो क्याम्प विशेष रूपले २०१९ र २०२० मोडलका जावा मोटरसाइकल मालिकहरूका लागि हुनेछ। सर्विस क्याम्प डायनामिक अटो क्राफ्ट, काेलकत्ता – २५/४ ग्राउण्ड फ्लोर, नजरुल इस्लाम अभेन्यू, बागुईहाटी, नारायण तल्ला (डब्ल्यू), राजारहाट गोपालपुर नगरपालिका, काेलकत्ता ७००१०१-मा आयोजना गरिनेछ।
शिविरको एक भागको रूपमा, २०१९-२०२० जावा मोटरसाइकलका मालिकहरूले आफ्नो वाहनको विस्तृत रूपमा जाँच गर्न र कलपुर्जाहरू निःशुल्क रूपमा प्रतिस्थापन गर्न सक्नेछन्। मोटुल, एमारोन र सिएट टायरहरू लगायतका प्रमुख मौलिक उपकरण आपूर्तिकर्ताहरूले ग्राहकहरूलाई सहयोग गर्न क्याम्पमा सक्रिय रूपमा भाग लिनेछन्। ग्राहकको दीर्घकालीन सन्तुष्टिको लागि निरन्तर प्रतिबद्धतासँगै जावा येज्दी मोटरसाइकलले ग्राहकहरूलाई उनीहरूको सवारी साधन मूल्यांकनको आधारमा नि:शुल्क एक्स्टेण्डेड वारण्टी पनि प्रदान गरिरहेको छ। यसको साथमा आफ्नो मोटरसाइकल अपग्रेड गर्न चाहने मालिकहरूको सुविधाको लागि छुट्टै व्यवस्था गरिनेछ, जहाँ उनीहरूले आफ्नो वाहनको एक्सचेञ्ज मूल्यको सही आकलन गर्न सक्नेछन्।
हालै सम्पन्न १४ वटा सर्भिस क्याम्पको सफलतामा ३,४५५ भन्दा अधिक जावा मोटरसाइकलहरू सर्भिस गरिएको ब्राण्डले आगामी महिनाहरूमा धेरै शहरहरूमा मेगा सर्भिस क्याम्पहरूको घोषणा गर्दैछ। यस पहलले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने र अद्वितीय स्वामित्व अनुभव प्रदान गर्ने ब्राण्डको प्रतिबद्धतालाई रेखांकित गर्दछ। जावा येज्दी मोटरसाइकलका मालिकहरूलाई निकटतम ब्राण्ड डिलरशिपमा आफ्नो स्लटहरू आरक्षित गर्न प्रोत्साहित गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *