ला लीगाः रियल म्याड्रिडले जिते पनि गिरोनाको हार

IMG-20240317-WA0123.jpg

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलमा शीर्ष स्थानमा कायम रियल म्याड्रिडले जीतको क्रम जारी राख्दै खिताब जित्ने सम्भावनालाई मजबूत बनायो जबकि रियलको निकटम प्रतिद्वन्द्वी गिरोनाले चाहिँ हारको सामना गर्नु पऱ्यो। रियल म्याड्रिडले शनिवार राति खेलिएको म्याचमा ओसासुनालाई ४-२-ले पराजित गऱ्यो। यस अवे म्याचमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट विनिसियस जूनियरले चौथो र ६४औं मिनटमा २ गोल गरे। यसबाहेक डानी कार्वाहालले १८औं र ब्राहिम डिआजले ६१औं मिनटमा गोल गरे। यसरी ओसासुनाबाट एण्टे बुदिमिरले सातौं र इकेर मुनोजले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको पहिलो मिनट)-मा गोल गरे। यस जीतको साथ रियलले २९ वटा म्याचमा ७२ पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा आफ्नो स्थितिलाई मजबूत बनायो। यसरी ११औं स्थानमा रहने ओसासुनासँग ३६ पोइण्ट्स रहेको छ। रियलसँग अहिले दोस्रो स्थानमा रहने गिरोनाभन्दा १० पोइण्ट्स अधिक रहेको छ।
यसबीच सीजनको अन्ततिर आएर लय गुमाउने गिरोनाले चाहिँ गेटाफे विरुद्ध ०-१-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेले पनि गिरोनाले गोल गर्न सकेन। विजेता टीमबाट एकमात्र गोल जीसस साण्टियागोले ३३औं मिनटमा गरे। यस हारपछि गिरोना ६२ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी गेटाफे ३८ पोइण्ट्स लिएर नवौं स्थानमा रहेको छ। यसरी एथलेटिक क्लबले अलावेसलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने एथलेटिक क्लबबाट गोर्का गुरुजेटाले ३२औं र ३७औं मिनटमा दुवै गोल गरे। अहिले चौथो स्थानमा रहने एथलेटिक क्लबसँग ५६ पोइण्ट्स रहेको छ। ला लीगाका अन्य म्याचहरूमा रियल सोसिएदादले काडिजलाई २-०-ले अनि मालोर्काले ग्रानाडालाई १-०-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *