ईंग्लिश प्रीमियर लीगः टोटनह्यामको निराशाजनक हार

photocollage_2024317120821.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा शीर्ष चारमा कायम रहने टोटनह्याम हट्स्परको प्रयासलाई ठूलो धक्का लाग्यो। टोटनह्यामले शनिवार राति खेलिएको म्याचमा फूलहाम विरुद्ध ०-३-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्डमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने फूलहामको निम्ति रोड्रिगो मुनिजले २ गोल गरे। उनले ४२औं र ६१औं मिनटमा गोल गरे। यसबाहेक अन्य एक गोल सासा लुकिचले ४९औं मिनटमा गरे। टोटनह्यामले पूरा म्याचमा निरन्तर प्रयास गरे पनि गोल हासिल गर्न सकेन। यस हारपछि टोटनह्याम २८ वटा म्याचमा ५३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको पाँचौं स्थानमा रहन पुग्यो। अहिले टीमसँग चौथो स्थानमा रहने एस्टन भिल्लाभन्दा २ पोइण्ट्स कम्ती रहेको छ। यसरी बर्नलेले ब्रेण्टफोर्ड विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। म्याच शुरु भएको आठौं मिनटमा विनितो विरुद्ध फाउल गर्दा सर्जियो रेगुइलोनले रेड कार्ड देखेपछि ब्रेण्टफोर्डले रहल समयमा १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। ब्रेण्टफोर्ड २९ वटा म्याचमा २६ पोइण्ट्सको साथ १५औं र बर्नले १७ पोइण्ट्सको साथ १९औं स्थानमा रहेको छ। यसरी लूटोन टाउन र नटिंघम फरेष्टबीचको म्याच १-१-ले ड्र रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *