आकिब जावेद बलिंग प्रशिक्षक नियुक्त

IMG-20240316-WA0256.jpg

कराची: पाकिस्तानका पूर्व पेस बलर आकिब जावेदलाई जून महिनामा हुने आईसीसी टी२० वर्ल्ड कप २०२४-सम्मको निम्ति श्रीलंकाई पुरुष क्रिकेट टीमको पेस बलिंग प्रशिक्षक नियुक्त गरियो। अहिले १९९२ वर्ल्ड कप विजेता टीमका सदस्य जावेद पाकिस्तान सुपर लीग (पीएसएल)-मा लाहौर कलन्दर्स टीममा परिचालन निदेशक र मुख्य प्रशिक्षकको रूपमा काम गरिरहेका छन्। श्रीलंका क्रिकेट (एसएलसी) – का मुख्य कार्यकारी अधिकारी एशले डी सिल्वाले भने, हामी आकिब जावेदलाई स्वागत जनाउँदछौ। खेलाड़ी अनि प्रशिक्षकको रूपमा उनको अपार अन्तर्राष्ट्रिय अनुभवले हाम्रा बलरहरूलाई आउँदो अन्तर्राष्ट्रिय प्रतियोगिताहरू अघि असल स्थितिमा ल्याउनेछन् भन्ने हाम्रो विचार रहेको छ, जसमा आईसीसी पुरुष टी२० वर्ल्ड कप पनि सामेल छ। पाकिस्तानका ५१ वर्षीय पूर्व क्रिकेटरले यसअघि राष्ट्रिय सीनियर र जूनियर टीमको साथ काम गरिसकेका छन्। उनले अफगानिस्तान र यूएई को टीमसँग पनि काम गरेका थिए। यूएई-ले उनकै मार्गदर्शनमा २०१५-मा५० ओभरको वर्ल्ड कपको निम्ति कालीफाई गर्नको साथै वनडे र टी२० अन्तर्राष्ट्रिय दर्जा पनि हासिल गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *