भाजपा सिक्किमले नयॉं कार्यकर्ताहरूलाई पदभार र जिम्मेवारी सुम्प्यो

n592220248171060724989623e7dc946f8a80fc749f77446cc7b796115f6319b765fc4e79a6a9488ef1c406.jpg

गान्तोक भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पूर्व मन्त्री गिरीशचन्द्र राई र पूर्व विधायक उगेन नेडुप भोटियालाई राज्य कार्यकारिणीमा विशेष आमन्त्रित (स्पेशल इनवाइटी) को रूपमा नियुक्त गरेको छ।

उक्त जानकारी प्रदेश भाजपाले आज आफ्नो आधिकारिक फेसबुक पेजमा साझा गरेको छ।

पूर्व मन्त्री राईलाई नाम्ची जिल्ला अन्तर्गत मल्ली निर्वाचन क्षेत्रको प्रभारीको रूपमा अतिरिक्त जिम्मेवारी पनि सुम्पिएको बताइएको छ। यसैगरी, पूर्व विधायक भोटियालाई पनि मंगन जिल्ला अन्तर्गत काबी लुङचोक निर्वाचन क्षेत्रको प्रभारीको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ।

उल्लेखनीय छ, पूर्व मन्त्री राई र पूर्व विधायक भोटिया हालैमा भाजपामा सामेल भएका हुन्।

प्रदेश भाजपाले अन्य कार्यकर्ताहरूलाई पनि राज्य कार्यकारिणीमा स्थान दिएको छ। हालैमा प्रदेश भाजपामा सामेल भएका पासाङ ग्याली शेर्पालाई राज्यस्तीय प्रवक्ता नियुक्त गरिएको छ। यसरी नै आरपी पौड्याललाई भूतपूर्व सैनिक प्रकोष्ठको राज्य संयोजक, सोनाम ग्याछो शेर्पालाई बौद्धिक प्रकोष्ठको राज्य संयोजक नियुक्त गरिएको छ।

यसरी नै माया सिन्चुरीलाई महिला मोर्चा उपाध्यक्ष, भुपाल बराइली र उज्जवल प्रताप गहतराजलाई अनुसूचित जाति मोर्चा उपाध्यक्ष र दिपक नेपाललाई गान्तोक जिल्ला महासचिव (बीजेवाईएम) नियुक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement