मुख्यमन्त्रीले परमपावन गोशिर ग्यालत्सब रिम्पोछेसॅंग भेट गरे

n59222025017106069266694edaefe896d47e59474a2b52dae2ae44454eac143bd8c8517965d8cdb95dedea.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङमा परमपावन गोशिर ग्यालत्सब रिम्पोछेसॅंग भेट गरेर आशीर्वाद लिए। यस भेट अवधि मुख्यमन्त्रीले परमपावन रिम्पोछेको सुस्वास्थ्यको कामना गरे।

यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई र धर्म विभागका मन्त्री सोनाम लामा पनि उपस्थित थिए।

मुख्यमन्त्रीले उहाँको उपस्थिति र शिक्षाहरूले गहिरो महत्त्व राख्छ, हाम्रो मार्गलाई बुद्धि र करुणाले उज्यालो बनाइदिन्छ र हाम्रो जीवनलाई धेरै समृद्ध बनाउॅंछ भनेका छन्। उनले रिम्पोछेको मार्गदर्शन प्राप्त भइरहोस् भन्दै उहॉंको मार्गदर्शनमा लगनशीलता र समर्पणका साथ बुद्धत्वको मार्गमा हिँड्न प्रेरणा मिलोस् भनी कामना गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *