सिक्किम क्रान्तिकारी मोर्चा पार्टी चुनाउको निम्ति पूर्ण रूपमा छः एसकेएम

1000579026.jpg

गान्तोक: भारतको चुनाउ आयोगले आज घोषणा गरेको चुनाउ तालिकालाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले अध्यक्ष पीएस तामाङ गोलेको पक्षबाट स्वागत जनाएको छ। सिक्किमको एकमात्र लोकसभा आसन र ३२ वटा विधानसभा आसनको निम्ति आयोगले १९ अप्रेल, २०२४ मा मतदानको मिति घोषणा गरेको छ।

एसकेएम प्रचार प्रसार मुख्य समन्वयक बिकास बस्नेतले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी चुनाउको निम्ति पूर्ण रूपमा तयार रहेको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको केन्द्रिय समितिदेखि लिएर वार्डस्तरसम्मका कार्यकारी सदस्यहरू चुनाव प्रचारको निम्ति पूर्ण तयार रहेका छन्।

विज्ञप्ति अनुसार, एसकेएम सरकारको पाँच वर्षको कार्यकालमा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा जति पनि जनोपयोगी कामहरू भएका छन्, त्यसको मूल्याङ्कन गरेर सुनौलो अनि समृद्ध सिक्किम निर्माणको निम्ति आगामी चुनाउमा पनि एसकेएम पार्टीलाई अपार मतका साथ विजयी गराउन सबै सिक्किमवासीप्रति पार्टी अपील गर्दछ।

एसकेएमले सिक्किममा शान्ति, भाइचारा, सद्भावना कायम राख्ने दिशामा पार्टी प्रतिबद्ध रहेको बताउॅंदै सिक्किमवासीलाई शान्तमय वातावरणलाई कायम राख्न अपील गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *