विभिन्न योजना अन्तर्गत ३ सय जनालाई मुख्यमन्त्रीद्वारा चेक वितरण

n59219273417106063309381af4a8766e74e9fee8b165e59b865765c671c8ece6b787018694ae46c1f47419.jpg

गान्तोक: राजधानीस्थित सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच राज्यका मुख्मयन्त्री प्रेमसिंह तामाङले आज मुख्यमन्त्री विवेकाधीन कोष र मुख्यमन्त्री राहत योजना अन्तर्गत कूल ३ सय जना लाभार्थीहरूलाई चेक प्रदान गरे।

यस अवसरमा विशेष गरेर व्यक्ति र संस्थाहरूलाई सशक्त बनाउने उद्देश्यका साथ लगभग सय चेकहरू वितरण गरियो।

आज चेक प्राप्त गर्नेहरूमा उद्यमशीलता, साक्षरता प्रवर्द्धन, कृषि, र पूर्वाधार मर्मत लगायतका अन्य सामेल रहेको छ। कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव एसडी ढकाल, ओएसडी कर्मा नामग्याल भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विगत पाँच वर्षमा सीएमडीजी र सीएमआरएफमार्फत निरन्तर सहयोगले सामाजिक-आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पुऱ्याउँदै धेरै जनाको जीवनमा सकारात्मक प्रभाव पारेको बताए। उनले कामको अर्डर, नियमित अर्डर, बढुवा र ऋण प्राप्त गर्ने अधिकांश लाभग्राही विपन्न व्यक्ति रहेको पनि किटान गरे।

मुख्यमन्त्रीले सरकारद्वारा शुरू गरिएका विभिन्न योजनाहरू नागरिकहरूलाई प्रभावित पार्ने उद्देश्यले नभएर उनीहरूका आवश्यकताहरूलाई उच्च प्राथमिकतामा राखेर वास्तविक समस्याबाट मुक्त गराउनु रहेको अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement