गान्तोक: एग्रीकल्चर टेक्नोलजी म्यानेजमेन्ट एजेन्सी, कृषि विभाग र कृषि विज्ञान केन्द्र मार्चकको संयुक्त पहलमा केन्द्रीय विद्यालयमा आज माटो संकलन, नमूना, परीक्षण र माटोको स्वास्थ्य र उर्वरता व्यवस्थापनको प्रक्रिया सम्बन्धी प्रशिक्षण तथा जागरूकता कार्यक्रम आयोजना गरियो। कार्यक्रममा सह निर्देशक योगेश शर्मा, सह निर्देशक प्रीति मोक्तान, सह निर्देशक डा. प्रकाश शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सहनिर्देशक प्रीति मोक्तानले माटोको उर्वराशक्ति, माटोको स्वास्थ्यको संरक्षण, बिरुवाको वृद्धिका लागि माटोको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गरिन्।
सोही प्रकारले स्रोतवक्ता डा. बोनिफेस लेप्चाले माटो नमूनाको महत्व, माटोको नमूना लिने प्रक्रियाको विवरण, माटोको उर्वराशक्ति व्यवस्थापनबारे पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा विस्तृतरूपमा जानकारी गराए।