गान्तोक: भवन तथा आवास विभागीय मन्त्री सञ्जित खरेलले आज दक्षिण जिल्लाको नामथाङमा नवनिर्मित ओपन कार पार्किङको उद्घाट गरे। उद्घाटन अवसरमा शहरी विकास विभागका सचिव एमटी शेर्पा, खण्ड विकास अधिकारी अनि एसकेएम पार्टीका नेतृत्वहरूको उपस्थिति रहेको थियो।
बढ़्दो जनसंख्या साथै बढ़्दो वाहनहरूको संख्यालाई ध्यानमा राख्दै यो कार पार्किङको निर्माण गरिएको हो। यो पार्किङ निर्माणसँगै नामथाङ बजारको ट्राफिक अनि पार्किङ समस्याको पनि समाधान हुने सम्भावना व्यक्त गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले पाँच वर्षसम्म जनताको काम गर्न सहयोग पुऱ्याउने सबै पार्टी कार्यकर्ता अनि सरकारी अधिकारी साथै कर्मचारीहरूलाई धन्यवाद दिए। नामथाङ क्षेत्रको जनताको काम गर्न आफूलाई जिम्मेवारी दिएकोमा उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति पनि कृतज्ञता प्रकट गरे।
नामथाङलाई महकुमा बनाउनु साथै यहाँ अन्य विकासका कार्यहरू गर्नको निम्ति सदैव मुख्यमन्त्री तामाङले आशीर्वाद दिएकोमा पनि उनले सबै जनताकोपक्षबाट मुख्यमन्त्री तामाङलाई धन्यवाद दिए। अबको चुनाउमा टेबल ल्याम्पको चिन्ह लिएर यो क्षेत्रमा जो कोही आएपनि अवश्य विजयी बनाउनु पर्ने मन्त्री खरेलले आग्रह गरे।
आफूले फेरि चुनाउमा उत्रने अवसर पाए पनि नपाएपनि जबसम्म पार्टी अध्यक्ष प्रेमसिंह तामाङ रहन्छ तबसम्म उनीसित नै आफू रहने वचन दिए।