सिलगढ़ी: सिलगढ़ी जिल्ला अस्पतालमा बायोप्सी सेवा आरम्भ भएको छ। सिलगढ़ीका मेयर एवं सिलगढ़ी जिल्ला अस्पताल रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले शनिवार बायोप्सी सेवाको उद्घाटन गरे।
यसै अवसरमा अस्पताल बाहिर पाँचवटा काउण्टर खोलिएको छ भने गर्भवती महिला, बुजुर्ग, विशेष रूपमा सक्षम मानिसहरूको लागि भिन्नै काउण्टर खोलिएको छ। यस अतिरिक्त अन्य सेवाहरू पनि लञ्च गरिएको छ।
गौतम देवले भने, जिल्ला अस्पतालले केन्द्र सरकारको कायाकल्प परियोजनामा पहिलो स्थान हासिल गरेको छ। रोगीहरूको सेवालाई उत्तम बनाउनको लागि हरसम्भवय प्रयास गरिँदैछ। आजदेखि बायोप्सी सेवा शुरू गरिनको साथै केही काउण्टरहरू पनि खोलिएको छ। जिल्ला अस्पतालाई अझ सफा र स्वच्छ राख्ने आग्रह पनि गरिएको छ।