एसडीएफले मुख्यमन्त्रीद्वारा गरिएका घोषणाहरूको प्रगतिबारे जानकारी लियो

n5922074601710604989955e4072304bbb45543af8536e81f90162b23c03130f5a2ecc98f285e33e663c35e.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज राज्यका मुख्य सचिव वीबी पाठकसॅंग भेट गरेर राज्यका मुख्यमन्त्रीले गरेका घोषणाहरूको प्रगतिबारे जानकारी लिएको छ।

साथै, एसडीएफले मुख्य सचिव समक्ष केही माग पनि राखेको छ। एसडीएफले आज जारी गरेको एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएको छ।

एसडीएफ प्रवक्ताद्वय रिक्जिङ नर्बु भोटिया र अरुण लिम्बूको अगुवाईमा एसडीएफ प्रतिनिधि टोलीले मुख्य सचिवसॅंग टाशीलिङ सचिवालयमा भेट गरे। यस अवधि वर्तमान सरकारले गरेका मेमोरेन्डम र नोकरी आदेश वितरणमा धेरै कमी कमजोरीहरू रहेको कुरा आफुहरूले थाहा पाएको बताइएको छ। एसकेएम सरकारको कमी कमजोरीका कारण राज्यका हजारौं युवाहरूको भविष्य संकटमा पर्न गएको एसडीएफले दाबी गरेको छ।

एसडीएफ टोलीले मेमोरेन्डम होइन, तर जब अर्डर प्रदान गरिनु पर्ने माग गरेको छ। यसरी नै २२ हजार कर्मचारीहरूको स्थायीकरण गरिनु पर्ने, पुरानो पन्शन योजना लागू गर्नु पर्ने, नवनियुक्त कर्मचारीहरूको वेतनको निम्ति आवण्टन गरिएको बजेट लिखित रूपमा पेश गर्नु पर्ने मागहरू गरेका छन्। एसडीएफले उक्त मागहरू चुनाउ आदर्श आचार संहिता लागू हुनुभन्दा अघि नै पूरा गर्नु पर्ने बताएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *