सिक्किम राज्यमा आगामी १९ अप्रेलको दिन सिक्किम विधानसभाको चुनाउ सम्पन्न हुने

IMG-20240316-WA0262.jpg

गान्तोक: सिक्किम विधानसभा र लोकसभाको चुनाउ आगामी १९ अप्रेलको दिन हुने भएको छ। आज देशको राजधानीस्थित नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देशका मुख्य चुनाउ आयुक्त राजिब कुमारले सिक्किममा आगामी १९ अप्रेलको दिन सिक्किम विधानसभाको चुनाउ सम्पन्न हुने घोषणा गरे। उनले थप जानकारी गराए अनुसार यसको मतगणना आगामी ४ जूनको दिन हुने भएको छ। उल्लेखनीय छ मुख्य चुनाउ आयुक्तले जानकारी गराए अनुसार देशमा हाल १.८२ करोड नयाँ मतदाताहरू रहेका छन् भने कूल ९७ करोड मतदाता रहेका छन्। यस चुनाउको निम्ति सरकारले कूल ५५ लाखवटा इभीएमको प्रयोग गर्ने भएको छ, जसमा १०-.५ लाख पोलिङ स्टेशनहरू रहनेछन्। सोही प्रकारले यस चुनाउमा ८५ वर्ष भन्दा अधिक उमेरका मानिसहरूले घरबाट नै मतदान गर्ने सक्नेछन्। भोलि १७ मार्चदेखि उम्मेद्वारहरूले आफ्नो नामाङकन पत्र भर्ना सक्नेछन् भने आगामी २७ मार्च नामाङकन पत्र भर्ने अन्तिम मिति रहेको छ। यसरी नै नामाङकन पत्रको जाँच आगामी २८ मार्चको दिन हुने छ भने इच्छुक उम्मेदवारहरूले ३० मार्चको दिन आफ्नो नामाङकन पत्र फिर्ता लिन सक्ने प्रावधान रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *