राजु विष्टले टिकट नपाए म स्वतन्त्र उम्मेदवार भएर उठ्नेछु-विधायक निरज जिम्बा

IMG-20240316-WA0252.jpg

दार्जीलिङ: दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले आज पत्रकार सम्मेलन गरी यदि राजु विष्टले टिकट नपाएको खण्डमा म स्वतन्त्र उम्मेदवारको रुपमा चुनावमा उठ्ने छु भनी जनाएका छन्। पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिन्दै विधायक जिम्बाले भने, राजु विष्ट भनेको कर्मपुत्र हो। उनले सडकदेखि संसदसम्म कार्य गरेका छन्। त्यसको म प्रत्यक्षदर्शी हो। राजु विष्टले प्रचुर मात्रमा हाम्रो निम्ति कार्य गरेका छन्। हाम्रो मुद्दाप्रति उनको लगाऊ छ। उनले दिल्ली चिनेका छन्। यति गर्दा पनि उनले टिकट नपाएको खण्डमा यसको विरोध जनाउँदै म व्यक्तिगत हिसाबमा स्वयं स्वतन्त्र उमेदवार भएर उठ्नेछु। यहाँ धेरैले उठ्छु भन्दैछ राजु विष्ट भनेको एउटा कर्मयोगी हुन्। पहाडमा मुद्दा केही छैन केवल विकास मात्र हो भनी आफ्नो उम्मेदवारी दिइएको छ यो एउटा हास्यास्पद कुरा हो। मैले बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डा अनि गृहमन्त्री अमित शाहलाई समेत राजु विष्टको उम्मेदवारी विषय लिएर पत्राचार गरिसकेको छु। राजु विष्टलाई विपक्षीहरुले समेत दार्जीलिङ लोकसभा क्षेत्रको प्रत्याशी होस् भन्ने चाहान्छ कारण गोर्खाको मुद्दा बाचोस भन्ने चाहान्छ। गोर्खाल्याण्ड बाँच्नुपर्छ। हाम्रो मुद्दा बाँचिरहनु पर्छ। हाम्रो मुद्दा राइटर्समा त बाँच्दैन दिल्लीमा बाँच्छ। यहाँ धेरैले रहर गर्दैछ। उनीहरु केवल कुर्सीको निम्ति हो जितेर गएर मन्त्री पदको निम्ति हो। हाम्रो मुद्दाको निम्ति होइन भनी विधायक जिम्बाले भने। देशको लागि काम गर्ने धेरै छन् तर हाम्रो मुद्दाको लागि काम गर्ने कर्मयोगी राजु बिष्ट मात्र हो भन्ने मेरो बिचार हो र पार्टीको पनि त्यही विचार हो। सबै समुदायहरुले रुचाएको पनि राजु विष्ट नै हो। हर्षवर्धन सिङ्लाले म उट्छु भनेर कहिले भनेको छैन एउटा अफवाह मात्र हो सायद रहर गरेको हुनुपर्छ। हात्ती छिर्यो पुच्छर अड्कियो भन्ने जस्तो गर्नु हुँदैन। सबै कार्य गरिसकेको छ। अब अर्को आएर हुँदैन। अरुको भरोसा पनि लाग्दैन। घरमा बसेर सामाजिक सञ्जालहरुमा हल्ला गरेको जस्तो होइन। म सिलगढीदेखि पहाडका सबै स्थानहरुमा घुमेर बुझेको छु। सबैको एउटै माग राजु विष्ट हो। राजु विष्टले सय प्रतिशत जित्छ भनी विधायक जिम्बाले दाबी गरे। धेरैले राजु विष्टलाई तल झार्नु मुद्दालाई दबाउनु खोज्दैछ। राजु विष्टले टिकट पायो भने म उनको विरुद्धमा स्वतन्त्र भूमि पुत्र भएर उम्मेदवारी दिनेछु भन्दैछ। म एउटा बीजेपीको विधायक भएको नाताले राजु विष्टको बचाउमा उभिएको हो। यदि उनले टिकट नपाएको खण्डमा यसको विरोध गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा खडा हुनेछु भनी विधायक निरज जिम्बाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement