सिलगढी: दार्जीलिङ अनि कालेबुङ जिल्लाका आशा कर्मीहरुको एक प्रतिनिधि टोलीले जीटीएको मुख्य कार्यपाल अनित थापालाई भेट गरेर एउटा मांग पत्र चढाएका छन्। उनीहरूको ज्ञापन पत्र अनुसार ‘पहाडमा आशा कर्मीको जुन किसिमको खटाई छ त्यो अनुरूप पारिश्रमिक नपाएको गुनासो पोखेका छन्। उक्त ज्ञापनपछि अनित थापाले सरकारसँग कुरा गरेर आशा कर्मीहरूका पारिश्रमिक बढाई दिया जाओस् भनी मांग राखेका छन्। उक्त प्रतिनिधि टोलीलाई अनित थापाले भने, आशा कर्मीहरूको पारिश्रमिक कम्ती छ। तर सरकारले दिने पैसा यति नै हो। आशा कर्मीहरूले वेतन पाउँदैन। यो काम नै स्वयं सेवाको काम हो। त्यसैले आशा कर्मीहरुले पारिश्रमिक पाउँछन्। जीटीएले पनि धेरै कर्मचारीहरुलाई पारिश्रमिक दिएर काममा राखेको छ। जीटीएमा कति फण्ड छ अनि कतिसम्म तपाईहरूको पारिश्रमिक बढाउनु सकिन्छ म राम्ररी बुझेर एउटा निर्णय लिनेछु।’

जीटीए प्रमुख अनित थापाले अघि भने, सरकारलाई पनि म बुझाउनेछु। सरकारले कुरा अवश्य बुझ्नेछन्। जीटीए कर्मचारीको तलब बढाउनु सक्यौं। तपाईहरूको पारिश्रमिक अवश्य बढ्नेछ।