पूर्व विदेश सचिव हर्षबर्ध्दन श्रृंखलाको पक्षमा वकालत गर्दै खरसाङका युवा सन्तकिशोर गुरुङ

IMG-20240316-WA0248.jpg

खरसाङ: यसपालीको लोकसभा चुनावमा प्याकेजमा ल्याएको नेतालाई स्वीकार्ने कि देशको प्रधानमन्त्री नरेन्द्र मोदीले आफै पठाएको प्रार्थीलाई स्वीकार्ने भनी खरसाङका युवा सन्तकिशोर गुरुङले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर बताएका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, वर्तमानमा दार्जीलिङ वेलफेयर सोसाइटीको अध्यक्ष हर्षवर्धन श्रृंखलाको विषयमा विभिन्न राजनैतिक टिका टिप्पणी भईरहेकोले धेरै अपच भएकोले मिडिया समक्ष आउनु परेको बताउँदै हालमा आफु दार्जिलिङ वेलफेयर सोसाइटीसित मिलेर सामाजिक कार्य गरिरहेको र हर्षवर्धन श्रृंखला एकजना राष्ट्रिय र अन्तर्राष्ट्रीय व्यक्तित्व हुन्। तर हालमा उनलाई लिएर विभिन्न टिका टिप्पणी भईरहेकोले धेरै असहनीय भएको छ। तर हर्षबर्ध्दन श्रृंखलाले कहिले पनि लोकसभाको प्रार्थी भएनन् तर सामाजिक कार्यहरू मात्रै गरिरहेका छन्।’
सन्त किशोर गुरुङ विगतमा भाजपा दार्जिलिङ जिल्ला महासचिवको पदमा रहेर कार्य गरेका थिए भने हालमा दार्जीलिङ वेलफेयर सोसाइटीसित कार्य गरिरहेका छन्। उनले हर्षवर्धन श्रृंखलामाथि मिडियामा आएर जनतालाई दिग्भ्रमित नपार्ने अनुरोध पनि गरेका छन्। उनले मिडियामा आएर प्रार्थीको रूपमा राजु विष्टले टिकट नपाए स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने भनेर जनतालाई दिग्भ्रमित नपार्ने अनुरोध गर्दै आँट छ भने भाजपाको पदबाट राजीनामा दिएर स्वतन्त्र प्रार्थीको रुपमा चुनाव लड्ने च्यालेञ्च पनि दिएका छन्। सन्त किशोर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै जनताले व्यक्तिलाई हेरेर भोट दिएको होइन तर कमलको फूलमा आफ्नो बहुमूल्य भोट दिएको हो भन्दै जनतालाई के सही के गलत त्यो बुझ्नु दिनुपर्छ भनी बताएका छन्। गुरूङले कुनै नेताको नाममा र गोर्खाल्याण्डको नाममा बकमफुस्रे कुरा नगर्ने निवेदन समेत गरेका छन्। उनले हामी सबै गोर्खाल्याण्डको लागि अघि आएका हौं तर गोर्खाल्याण्डको नाममा भावनात्मक कुरा नगर्ने अनुरोध गर्दै कसैको नाममा टिका टिप्पणी र खेलवाड नगर्ने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement