चित्रेमा आँगनवाडी केन्द्रसहित चिमनी देवराली ग्राम पञ्चायतमा विभिन्न विकासमूलक कार्यहरूको शिलान्यास

IMG-20240316-WA0241.jpg

खरसाङ: खरसाङ चिमनी देवराली समष्टीको चिमनी देवराली ग्राम पञ्चायतको विभिन्न स्थानहरूमा विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरिएको छ। पञ्चायत समिति सदस्य दिनेश तामाङको बाहुलीबाट पूजा अर्चनासहित शिलान्यास गरिएको उक्त विभिन्न विकास परियोजनाहरूमा यस ग्राम पञ्चायतको चित्रेमा आँगनवाडी केन्द्रको निर्माणको लागि शिलान्यास गरिएको छ। यसको साथै मजुवा क्षेत्रमा पनि विभिन्न विकास परियोजनाहरूको शिलान्यास गरिएको छ। विशेष गरी पञ्चायत समिति सदस्य दिनेश तामाङको बाहुलीबाट चित्रेमा आँगनवाडी केन्द्रको निर्माण कार्यको लागि शिलान्यास सम्पन्न गरिएको छ। उक्त भवनको निर्माण कार्य १६ लाख रुपियाँको खर्चमा बनिन लागेको छ भने यस भवनको निर्माण कार्य ६० दिनभित्रमा पूरा गर्नु पर्ने जानकारी प्राप्त भएको छ। उक्त शिलान्यास कार्यक्रममा चिमनी देवराली ग्राम पञ्चायतको उप प्रधान अनु सुब्बा, २८ नम्बर समष्टीको नारी शक्ति सचिव ललिता छेत्री, उष्ण लोहगण, युवा शक्तिबाट अनुप तामाङ, रुपेस देवान लगायत अन्यहरू पनि उपस्थित रहेका थिए। उक्त शिलान्यास कार्यक्रम विषयमा बोल्दै पञ्चायत समिति सदस्य दिनेश तामाङले यस ग्राम पञ्चायतमा विभिन्न विकासमूलक कार्यहरूको लागि आज शिलान्यास गरिएको र यसको लागि खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान, क्षेत्रीय सभासद श्याम शेर्पा र जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement