नक्सलबारी: सिलगढी महाक्मा परिषद्का अध्यक्ष अरुण घोषले नक्सलबारीका तीन क्षेत्रमा सडक बत्तीको शिलान्यास गरेका छन्। नक्सलबारीको पानीघाटा मोडबाट कलेज मोड, रथखोला र स्टेसन मोडसम्म सडक बत्ती जडान गरिने बताइएको छ। अबको केही दिनमा काम सम्पन्न हुनेछ। सभामुखले नक्सलबारीलाई सुन्दर बनाउन यो पहल गरिएको बताउनुभयो। कुल २७ लाखको लागतमा सडक बत्ती जडान गरिनेछ। यसका साथै सम्पूर्ण विभागमा रु ३५ लाखको सोलार बत्ती र हाई मास्क बत्ती जडान गरिनेछ।