सिलगढी जिल्ला अस्पताल सर्वश्रेष्ठ सरकारी अस्पताल

1000579026.jpg

सिलगढी: सिलगढी जिल्ला अस्पतालले एकपल्ट फेरि सर्वश्रेष्ठ सरकारी अस्पतालको खिताब जितेको छ। बाङ्गुर इन्स्टिट्युट अफ न्युरोलजीको साथमा संयुक्त रूपमा सर्वश्रेष्ठ सरकारी अस्पतालको खिताब जितेको छ। उक्त खबरले सहरवासीमा खुशीको लहर छाएको छ। अस्पतालको रोगी कल्याण संघका अध्यक्ष तथा मेयर गौतम देवले आज सिलगढी जिल्ला अस्पतालमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार यो उपाधि प्राप्त गरेकोमा राज्य सरकारको तर्फबाट अस्पताललाई ५० लाख रुपियाँ प्रदान गरिनेछ।यो रुपियाँको उपयोग रोगीहरूको सेवाको लागि गरिनेछ। यो अस्पतालले उच्च गुणस्तरको खाना उपलब्ध गराएकोमा केन्द्र सरकारले पनि मान्यता दिएको छ। अस्पतालमा बिरामी सेवा तथा ढाँचागत विकासको लागि विभिन्न पहल गरिरहेको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement