धोनीको आलोचनामा प्रवीण कुमारको साथ पाए गम्भीरले

IMG-20240316-WA0239.jpg

नयाँ दिल्ली: टीम इण्डियाका पूर्व क्रिकेटर गौतम गम्भीरले लगातार सोशल मीडिया र ब्रडकास्टरमाथि २०११ वर्ल्ड कपमा खिताबी जीतको निम्ति एमएस धोनी एक्लैलाई हीरो बनाएको आरोप लगाएका छन्। अहिले उनले यी आरोपहरूमा पूर्व भारतीय पेस बलर प्रवीण कुमारको पनि साथ पाएका छन्। धोनीको कप्तानीमा भारतले टी२० वर्ल्ड कप र वनडे वर्ल्ड कप जिते पनि यी टुर्नामेण्टहरूमा धोनीको साथमा जहीर खान र युवराज सिंह जस्ता खेलाड़ीहरूका पनि योगदान रहेको गम्भीरले लगातार बताउँदै आएका छन्। उनले टीमका अन्य खेलाड़ीहरूले धोनीले जति श्रेय नपाएको आरोप लगाएका थिए। गम्भीरले भनेका थिए, भारत नायक पूजा संस्कृतिबाट बाहिर निस्किनु पर्छ। हामीले ठूलो नामहरूको पूजा बन्द गर्नु पर्छ, त्यो चाहे कुनै पनि क्षेत्र होस्। टीमको निम्ति सबैले योगदान दिएका हुन्छन्। यस प्रकारका कहानीहरू सोशल मीडिया र प्रसारकहरूद्वारा बनाइन्छ।
यसपाली प्रवीणले गम्भीरको समर्थन गरेका छन्। उनले भने, गम्भीरले सही भनेका छन्। युवराजले वनडे वर्ल्ड कपमा १५ विकेट लिनको साथै रन बनाएका थिए। जहीर खानले २१ विकेट लिएका थिए। गौतम गम्भीरले २००७ टी२० वर्ल्ड कप र २०११-मा रन बनाएका थिए। धोनीले २०११ फाइनलमा रन अवश्यै बनाएका थिए। बलर र ब्याटरहरूका सामूहिक योगदानद्वारा नै एउटा टीमले म्याच जित्न सक्छ। एकजना खेलाड़ीले मात्र टीमको निम्ति ट्रफी जित्न सक्दैनन्। उल्लेखनीय छ, प्रवीण कुमारले भारतको निम्ति ६ वटा टेस्ट, ६८ वटा वनडे र १० वटा टी20 इण्टरनेशनल म्याच खेले अनि क्रमशः २७, ७७ र ८ विकेट लिए। प्रवीणले बताएअनुसार, भारतमा हीरो कल्चर १९८०-को दशकदेखि नै रहेको छ। यो एउटा गलत प्रथा हो। जुन खेलाड़ीसँग अधिक ब्राण्ड हुन्छ, त्यही खेलाड़ीलाई नै चर्चामा राखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement