मस्को: रुसमा हिजोदेखि आम निर्वाचन जारी छ। राष्ट्रपति भ्लादीमिर पुटिन पाँचौं पटक सत्तामा आउने लगभग पक्का छ। रुस–युक्रेन युद्ध चलिरहेका बेला युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपतिका लागि चुनाव गराउने कुराको भने अन्तर्राष्ट्रिय जगतमा विरोध भएको छ। संयुक्त राष्ट्र संघको राजनीतिक र शान्ति स्थापना मामिला उप–महासचिव रोजमेरी डिकार्लोले सुरक्षा परिषद्का राजदूतहरूलाई सम्बोधन गर्दै रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति चुनाव गराउनु अस्वीकार्य भएको बताएकी छिन्। उनले अन्तर्राष्ट्रिय कानून अनुसार कब्जा गर्ने शक्ति अर्थात् रुसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा युक्रेनको कानुन कायम गर्नुपर्ने बताइन्l रोजमेरी डेकार्लोले मार्च १६ मा रूसले युक्रेनको क्रिमिया र सेभास्टोपोल क्षेत्रहरूलाई जबरजस्ती विलय गरेको दस वर्ष पूरा भएको छ,जसलाई तथाकथित जनमत संग्रहको नाम दिइएको कुरा अस्वीकार्य भएको पनि बताइन्।
२०२२ को फरवरीदेखि रुसले लगातार युक्रेनमा आक्रमण गरेर डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रहरू कब्जा गर्ने प्रयास जारी राखेको छ। राजदूतहरुलाई सम्बोधन गर्दै उप महासचिव रोजमेरी डेकार्लोले रुसी सेनाद्वारा जारी हवाई आक्रमणका बीच युक्रेनमा मानवअधिकारको अवस्था अत्यन्तै गम्भीर रहेको पनि बताइन्। उनले शुक्रबार प्रकाशित युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीहरूले सर्वसाधारणमाथि गरेको उत्पीडनको बारेमा विगतमा खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको बताइन्। हिरासतमा रहेका बेला उनीहरूमाथि अत्यन्तै गम्भीर, पीडादायी र पीडादायी कारबाही गरिएको पीडितहरूको भनाइले देखाएको राष्ट्रसंघका अधिकारीले बताएका छन्।