मुख्यमन्त्री लडेकी घटनाबारे तृणमूल कांग्रेसको बयान

Mamta-Banerjee-CM-copy

कोलकाता: तृणमूल कांग्रेस नेताहरूले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पछाडि धकेलिएको भन्ने अफवाहको बारेमा प्रतिक्रिया दिएका छन्। उनीहरुले मुख्यमन्त्री ममता ब्यानर्जी चक्कर लागेपछि लडेको स्पष्ट पारेका छन्। पार्टीको शीर्ष नेतृ तथा मन्त्री शशि पाञ्जाले कसैले पछाडिबाट धकेलेको होइन भन्ने बताएकी छन्। टीएमसी सुप्रिमो बिहीबार उनको कोलकाता निवासमा लडे, जसको कारण उनको टाउकोमा चोट लागेको थियो। मन्त्री शशि पाञ्जाले भनिन्, ‘उनी चक्कर लागेको हुँदा लडिन्। कसैले उनलाई पछाडिबाट धकेलेको होइन। लडेपछि उनी घाइते भइन्। डाक्टरहरूले उनको उपचार गरिरहेका छन्l’ उनले यस घटनामा गलत टिप्पणी नगर्न सर्वसाधारणलाई आग्रह गरेकी छन्। शशि पाञ्जाले चक्कर आउनुको कारण उच्च रक्तचाप वा मधुमेह हुनसक्ने बताइन्। मिडियासँग कुरा गर्दै शशि पाञ्जाले भनिन्, ‘दीदी पनि मानिस हुन् र उनको धेरै व्यस्त तालिका छ। सबैजना उनलाई स्वस्थ हेर्न चाहन्छन्, तर कसैले पनि घटनाको अफवाह फैलाउनु हुँदैनl’ वास्तवमा डाक्टरको बयानपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई पछाडिबाट धकेलिएको हल्ला चलेको थियो। यसबारे उनले भनिन्, ‘डाक्टरको भनाइलाई गलत व्याख्या गरिएको छl’ एसएसकेएम अस्पतालका डा. मणिमोय बन्दोपाध्यायले भने, ‘हाम्रो भनाइको गलत अर्थ लगाइएको हुनसक्छl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *