‘स्टारसिप’ उडेको केही बेरमै हरायो, अब मंगल ग्रहको तयारीमा

img-01-copy

टेक्सास: विश्वका तेस्रो धनी व्यापारी एलोन मस्कको कम्पनी स्पेसएक्सको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको तेस्रो परीक्षण लगभग सफल भएको छ। तर, परीक्षणका क्रममा अन्तरिक्ष उडानपछि स्टारसिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्टारशिपसँगको सम्पर्क टुटेकाले हराएको मानिएको थियो। परीक्षणको सफलतामा एलोन मस्कले सोशल मिडियामा लेखेका छन् कि स्टारशिपले मानवतालाई मंगल ग्रहमा लैजानेछ। स्टारशिप कम्पनीको स्टारबेस बोका चिका, टेक्सासबाट बिहीबार स्थानीय समय अनुसार बिहान ८.२५ बजे उडेको थियो। यस उडानको लाइभ वेबकास्ट पनि गरिएको थियो, जसलाई करोडौं मानिसहरूले सामाजिक सञ्जालमा हेरेका थिए। पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटसँगको कन्ट्रोल रुमको सम्पर्क टुटेको बाहेक परीक्षणको क्रममा सबै कुरा राम्ररी चल्यो। स्टारशिप हिन्द महासागर माथि हुँदा यो सम्पर्क हराएको थियो। तर, रकेट समुन्द्रमा अवतरण गर्न सफल भएको थियो।

स्पेसएक्सको रकेट स्टारशिप विश्वको सबैभन्दा शक्तिशाली रकेट हो, जुन ३९७ फिट लामो छ र सुपर हेभी बूस्टरले सुसज्जित छ, जसले १६.७ मिलियन पाउण्ड थ्रस्ट उत्पन्न गर्छ। नासाको अन्तरिक्ष प्रक्षेपण प्रणालीलाई विश्वको दोस्रो सबैभन्दा शक्तिशाली रकेट मानिन्छ, तर यसले स्टारशिपको आधा थ्रस्ट मात्र उत्पादन गर्छ। यद्यपि स्टारशिप अझै प्रोटोटाइप चरणमा छ, नासाको रकेट प्रमाणित र संचालनमा छ। तेस्रो परीक्षणमा स्टारसिपले आफ्नो अधिकांश उद्देश्य पूरा गरेको र यसमा कम्पनीले पनि खुशी व्यक्त गर्दै परीक्षण लगभग सफल भएको बताएको छ। स्टारशिप रकेट पुन: प्रयोगयोग्य छ र १५० मेट्रिक टन भार अन्तरिक्षमा लैजान सक्षम छ। स्टारशिपमा एकैपटक १०० जनालाई मंगल ग्रहमा लैजान सकिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *