नयाँ दिल्ली: कमनवेल्थ गेम्समा स्वर्ण पदक विजेता लक्ष्य सेनले शुक्रवार क्वार्टर फाइनलमा मलेशियाका ली जी जिया विरुद्ध रोमाञ्चक जीतको साथ अल ईंग्ल्याण्ड ओपन २०२४ ब्याडमिण्टन टुर्नामेण्टको पुरुष एकलमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखे। टुर्नामेण्टको २०२२ संस्करणमा उपविजेता रहने सेनले २०२१-का च्याम्पियनलाई एक घण्टा १० मिनटसम्म चलेको म्याचमा २०-२२, २१-१६, २१-१९-ले पराजित गरे। मलेशियाई शट्लर विरुद्ध अहिलेसम्म पाँचवटा भिड़न्तमा यो सेनको चौथो जीत हो। विश्वका नम्बर १० खेलाड़ी ली जिया विरुद्ध म्याचमा सेनले असल शुरुवात गर्दै ५-१-को बढ़त हासिल गरे। वर्ल्ड ऱ्याङकिंगमा सेनभन्दा ८ स्थान माथि रहने मलेशियाई खेलाड़ीले पनि चाँड़ै फर्म हासिल गर्दै १७-१६-को बढ़त हासिल गरे। सेनले पनि लड़ाइँ जारी राख्दै २०-को बराबरीमा तीनवटा गेम पोइण्ट बचाए तर चौथो अवसरमा उनले विपक्षी खेलाड़ीलाई पहिलो गेम जित्नदेखि रोक्न सकेनन्। दोस्रो गेममा धीमा शुरुवातपछि सेनले चाँड़ै ६-३-को बढ़त हासिल गरे अनि ब्रेकसम्म मलेशियाई खेलाड़ीमाथि २ पोइण्ट्सको बढ़त बनाइ राखे। त्यसपछि ली जियाले तेज स्म्याशको साथ १६-१४-को बढ़त हासिल गरे पनि सेनले अघिल्लो ७ पोइण्ट्स हासिल गरी दोस्रो गेम जितेर म्याचलाई निर्णायक गेमसम्म पुऱ्याए। तेस्रो तथा निर्णायक गेममा दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा देखियो। ली जियाले स्म्याशको वर्षा गरे पनि सेनले ब्रेकसम्म ३ पोइण्ट्सको बढ़त हासिल गरे। त्यसपछि चाहिँ सेनले असाधारण प्रदर्शन गर्दै तेस्रो गेमसहित म्याच जिते। यसरी सेन यस सीजनमा लगातार दोस्रोपल्ट सेमिफाइनलमा पुगे। उनले गत हप्ता फ्रेञ्च ओपन सुपर ७५० टुर्नामेण्टमा पनि सेमिफाइनलमा स्थान बनाएका थिए।