कछार (असम): गुप्त सूचनाको आधारमा अभियान चलाएर कछार जिल्ला अधिनस्थ लखिपुर पुलिसले ६३.६८ ग्राम हेरोइन सहित एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। पुलिसले ड्रग्स तस्करको कारलाई पनि जफत गरेको छ।
पुलिस सूत्रले आज बताएआनुसार, लखिपुर पुलिसको टीमले गोप्य जानकारीको आधारमा अभियान चलाएर एउटा इनोभा कार (डब्ल्यूबी-०२वी-८००६) -लाई रोक्यो। कारबाट पाँचवटा साबुनदानीमा लुकाएर राखिएको ६३.६८ ग्राम हेरोइन जफत गरियो।
यस सम्बन्धमा जिल्लाको धोलाई थानान्तर्गत खासपुर निवासी मुहम्मद जैनुल इस्लाम लस्करलाई पक्राउ गरियो। पुलिसले एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गराएर अग्रिम कानूनी कारबाही गरिरहेको छ।