हरेक दिन राजीनामा दिउँ भन्ने लाग्छ, तर चुनाव अघि दिन्न: प्रधानमन्त्री ट्रुडो

Justin

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताएका छन्। उनले हरेक दिन राजीनामा दिने बारे आफूले सोच्ने गरेको  धारणा व्यक्त गरेका छन्। रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु। राजीनामा दिने विचार दिनहुँ आउँछ।’ उक्त भनाइलाई ट्रुडो आफैंले पागल कुराको रुपमा पनि टिप्पणी गरेका छन्। जस्टिन पियरे जेम्स ट्रुडो २०१५ को नोभेम्बरमा क्यानाडाको  २३ औं प्रधानमन्त्री बनेका थिए। उनी सन् २०१३ देखि लिबरल पार्टीको नेता पनि छन्। क्यानडामा अर्को वर्षको अक्टोबरमा आम चुनाव हुँदैछ। आगामी चुनावको तयारीमा रहेको उनको पार्टी र उनी सर्वेक्षण अनुसार पछाडि छन्। अहिले लिबरल पार्टी भन्दा कन्जरभेटिभ पार्टी क्यानडामा सशक्त रुपमा अघि बढ्ने अनुमान गरिएको छ। पछिल्लो  समय लोकप्रियता पनि गुमाउँदै गएको प्रधानमन्त्री ट्रुडोले चुनाव अगाडि भने राजीनामा नदिने पनि रेडियो अन्तर्वार्तामा भनेका छ । उनले भने, ‘म लोकप्रिय बन्नको लागि राजनीतिमा आएको होइन र राजनीतिमा आउनुको मेरो कुनै व्यक्तिगत कारण पनि छैन। म जनताको सेवा गर्नको लागि राजनीतिज्ञ बनेको छु र त्यो गरिरहेको छु भन्ने मलाई थाहा छ।’ ट्रुडो प्रधानमन्त्री हुनुअघि शिक्षक थिए। क्यानडाको इतिहासमा जो क्लार्कपछि उनी दोस्रो कान्छो प्रधानमन्त्री हुन्। उनका पिता पियरे ट्रुडो क्यानडाका प्रधानमन्त्री पनि थिए। पियरे र जस्टिन क्यानडाको प्रधानमन्त्री हुने पहिलो  बाबु छोराको जोडी पनि हो।

About Author

Advertisement