राजगञ्जका विधायकले मुख्यमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै मन्दिरमा पुजा-अर्चना गरे

e8c5a8b7-9f79-43b5-9905-8ef57a131938-1024x576.jpg

राजगञ्ज: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी लडेपछि निधारमा गहिरो चोट लागेको छ। राजगञ्जका विधायक खगेश्वर रायले मुख्यमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आज मन्दिरमा पुजा अर्चना गरे। राजगञ्ज ब्लकको सबैभन्दा पुरानो काली मन्दिरमा आज राजगञ्जका विधायक खगेश्वर राय, डीपीएससीका चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार र तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीले पुजा अर्चना गरे। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, गत दुई दिनअघि माँ माटी सरकारको मुख्यमन्त्री ममता ब्यानर्जीको निधारमा गम्भीर चोट लागेपछि केही सिलाई परेको छ। यसैले मुख्यमन्त्री शीघ्र स्वस्थ हुने कामना गर्दै आज सबैजना मिलेर मन्दिरमा पुजा अर्चना गरेका हौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement