पेरिस ओलम्पिकमा निरन्तरता सफलताको मन्त्र हुने पीआर श्रीजेशको दावी

IMG-20240316-WA0163.jpg

नयाँ दिल्ली: सालौंपछि भारतीय पुरुष हकी टीम ओलम्पिकमा पदक विजेताको रूपमा ओर्लिनेछ अनि अपेक्षाहरूका दबाउलाई ऊर्जाको श्रोत मान्ने अनुभवी गोलकीपर पीआर श्रीजेशले टीमको फोकस प्रदर्शनमा निरन्तरतामाथि रहने बताए, जुन टीमको निम्ति सफलताको मूल मन्त्र हुनेछ। श्रीजेशले भने, गतपल्टसम्म सबैले हकीमा हाम्रो गौरवशाली इतिहास रहेको अनि हामीले ओलम्पिक पदक जित्नु पर्ने भन्थे। यसपाली हामीसँग पदक रहेक छ अनि अपेक्षाहरू बढ़ेको छ कारण हामीले गत केही सालमा असल प्रदर्शन गरेका छौं। यो सकारात्मक दबाउ हो। यसले हामी पदक जित्न सक्षम छौं भन्ने याद दिलाउँछ। खेल अनि मैदान बाहिर भइरहेको कुराहरूलाई बाहिर नै छोड़्नु पर्छ। हाम्रो फोकस असल प्रदर्शनमाथि रहनु पर्छ। हामीले केवल आफ्नो ताकत, कमजोरी र लक्ष्यबारे सोच्नु पर्छ। आफ्नो करियरमा १६ वटा अन्तर्राष्ट्रिय पदक जितिसकेका पद्मश्री श्रीजेशले भने, दबाउ ओलम्पिकको हिस्सा हो तर हामी त्यसलाई सकारात्मक रूपले लिएर ऊर्जाको श्रोतको रूपमा प्रयोग गर्नेछौं। गत चार सालमा टीम अनि कोचिंग स्टाफमा बद्लाउ आएको छ अनि माहोल बद्लिएको छ। अहिले हाम्रो मस्तिष्तमा एउटै कुरा रहेको छ अनि त्यो हो ओलम्पिक पदक जित्ने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement