लण्डन: लिभरपूलले यूएफा यूरोपा लीग फूटबल प्रतियोगितामा असल प्रदर्शनको क्रम जारी राख्दै स्पार्टालाई ६-१-ले पिटेर क्वार्टर फाइनलमा स्थान बनायो। यसअघि खेलिएको पहिलो लेगमा पनि लिभरपूल ५-१-ले विजयी भएको हुनाले प्रीमियर लीगको क्लब समग्रमा ११-२-को फराकिलो अन्तरले विजयी भयो। लिभरपूलबाट म्याचमा कोडी गाक्पोले १४औं र ५५औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य ४ वटा गोल डार्विन नुनेज (सातौं मिनट), बबी क्लार्क (आठौं मिनट), मोहामेद सलाह (दशौं मिनट) र डोमिनिक (४८औं मिनट)-ले गरे। स्पार्टाबाट एकमात्र गोल बरमेनसेविचले ४२औं मिनटमा गरे। जनवरीमा अफ्रिका कपमा मिस्रबाट खेल्दा चोटको शिकार बन्ने सलाह दुई म्याच अघि मात्र खेलमा फर्किएका थिए। उनले यस सीजनमा २० गोल गरिसकेका छन्। यसरी उनी लगातार सातवटा सीजनमा २० या त्यसभन्दा अधिक गोल गर्ने लिभरपूलका पहिलो फूटबलर बनेका छन्।

यसरी बुन्देसलीगाको शीर्षमा रहने बायर लेवरकुसेनले पनि असाधारण प्रदर्शन गर्दै कजाखस्तानको क्लब कराबाग विरुद्ध ३-२-ले नाटकीय जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। दशजना खेलाड़ीको साथ खेल्ने कराबागको टीम एक समय २-०-ले अघि रहेको थियो। कराबागको निम्ति जुबिरले ५८औं र जुनिन्होले ६७औं मिनटमा गोल गरे। त्यसपछि फ्रिमपोंगले ७२औं मिनटमा गोल गरी जर्मन क्लबको आशालाई जीवित राखे। अन्तमा चेक रिपब्लिकका खेलाड़ी पेट्रिक शीकले इञ्ज्युरी टाइमको तेस्रो र सातौं मिनटमा २ गोल गरी लेवरकुसेनलाई ३-२-ले जीत दिलाए। यसअघि यी दुई टीमबीच खेलिएको पहिलो लेगको म्याच २-२-ले ड्र रहेको थियो। अन्य प्री-क्वार्टर फाइनल म्याचहरूमा इटलीको क्लब एसी मिलानले स्लाविया प्रागलाई ३-१-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो।