जलपाईगुडीमा लरी र ट्याङ्कर ठोक्किँदा एक चालकको मृत्यु

Screenshot_20240316_115842_WhatsApp.jpg

जलपाईगुडी: प्याज बोकेको एउटा लरी र डिजेल ट्यांकरबीचको टक्करमा एक चालकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। शनिबार बिहान धुपगुडी डिभिजनको ठाकुरपाट क्षेत्रमा रहेको एसियन हाइवे नम्बर ४८ मा दुर्घटना भएको हो। स्थानीय स्रोतका अनुसार धुपगुडीबाट ग्यायरकाटा जाँदै गरेको लरीसँग तेल ट्याङ्कर ठोक्किएको हो। दुर्घटनापछि दुवै चालक लामो समयसम्म गाडीभित्रै फसेका थिए। सूचना पाएलगत्तै धुपगुरी पुलिस र दमकल घटनास्थलमा पुगेका थिए। लामो प्रयासपछि एक जनाको मृत्यु र एक गम्भीर घाइते चालकलाई गाडीबाट बाहिर निकालिएको थियो। घाइते प्याज लरी चालकलाई उनको अवस्था चिन्ताजनक भएकोले जलपाईगुडी सुपर स्पेशलिटी अस्पताल लगिएको थियो। मृतक र घाइते चालकको हालसम्म सनाखत हुन सकेको छैन। पुलिसले लाशलाई आफ्नो नियन्त्रणमा लिएर पहिचानको प्रयास गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement