गान्तोक: आगामी १८ देखि २० मार्चसम्म गान्तोक एमजी मार्गमा पुस्तक मेला लाग्ने भएको छ। ट्वेन्टी फोर आवर्स इन्सपायर्स नाम गरेको संस्थानद्वारा गान्तोक जिल्ला प्रशासनसितको सहकार्यमा आयोजना गरिएको यस सिक्किम बुक फेयर २०२४मा नेशनल बुक ट्रस्टका पुस्तकहरू साथै स्थानीय लेखकहरूको पुस्तकहरू पनि उपलब्ध रहनेछ। यसको साथै कविता वाचन, कथा लेखन, शैक्षिक खेलकुद, साहित्यीक चर्चा, रिडिङ कर्नर आदि पुस्तक मेलाका अन्य आकर्षण रहेको आयोजक पक्षले जानकारी गराएको छ। यस पुस्तक मेला आयोजना गर्नमा नरबहादुर भण्डारी महाविद्यालयका विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको छ। महाविद्यालकी छात्रा निकिता राई अनि अन्यले गान्तोकका विद्यार्थीहरूलाई पुस्तक मेलामा सहभागिता जनाएर यसबाट लाभ उठाउने अपील गरेकी छन्।











