समस्या झेल्दै एनबीयु

1000579021.jpg

सिलगढी: उत्तर बंगाल विश्वविद्यालय, यस क्षेत्रको सबैभन्दा पुरानो विश्वविद्यालय, प्रशासनिक अधिकारीहरू बिना चलिरहेको छ, जसले संकाय सदस्यहरू, कर्मचारीहरू र विद्यार्थीहरूलाई निकै चिन्तित बनाएको छ। उनीहरूका अनुसार, अर्को महिना अअझ समस्या हुनेछ, किनभने त्यतिन्जेलसम्म धेरै पदाधिकारीको कार्यकाल समाप्त हुनेछ। कार्यवाहक उपकुलपति सी.एम. रवीन्द्रन फरवरी २० देखि यहाँ शिव मन्दिरस्थित एनबीयुको मुख्यालयमा कार्यालय आएका छैनन्। “उनी क्याम्पसमा पनि छैनन् र उहाँ कहिले आइपुग्नुहुन्छ कसैलाई थाहा छैन। अर्कोतर्फ कार्यवाहक रजिष्ट्रार २७ फरवरीदेखि क्याम्पसबाट अनुपस्थित छन्। साथै, दुईजना डीन (एकले विज्ञान विभाग र अर्कोले कला, वाणिज्य र कानून विभाग) को कार्यकाल २१फरवरीमा समाप्त भयो। शैक्षिक कामको निरीक्षण गर्ने कोही छैन,’ एनबीयु स्रोतको भनाइ छ।

यी मानिसहरू नआउँदा प्रशासनिक तथा शैक्षिक कार्यमा असर परेको छ भने सारा बंगला तृणमूल शिक्षाबन्धु समितिको ब्यानरमा करार र क्याजुअल कामदारहरुले पन्ध्र दिनभन्दा बढी समयदेखि शुरु गरेको आन्दोलनलाई पनि असर परेको छ। उनीहरुले तलब वृद्धिको माग गर्दै ६ मार्च विश्वविद्यालयको वाच एण्ड वार्ड भवनमा तालाबन्दी समेत गर्दै संस्थानका सबै गतिविधि ठप्प पारेका छन्। समितिको एनबीयु शाखाका सहसंयोजक रञ्जित रोयले कर्मचारीहरु गतिरोध अन्त्य होस् भन्ने चाहेको बताए। ‘उपकुलपति र कार्यवाहक रजिष्ट्रार केही दिनदेखि अनुपस्थित छन् । यसरी विश्वविद्यालय कसरी चल्न सक्छ,’ उनले भने। क्याम्पस इन्चार्ज प्रणव घोषले भने, ‘हामी स्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौँl’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *