माल बोकेको लरी दुर्घटनाग्रस्त

1000579021.jpg

नक्सलबारी: माल बोकेको एउटा लरी अनियन्त्रित भएर पल्टिदा चालक तथा खलासीलाई सामान्य चोट लागेको घटना गत अबेर राति नक्सलबारीको सातभैया मोड एसियन हाईवेमा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति माल बोकेको एउटा लरी असमको सिलचरबाट सुरततर्फ गइरहेको समय चालकलाई निद्रा लागेपछि लरी अनियन्त्रित भएर डिभाइडरसित ठोक्किएर पल्टियो। घटनामा चालक तथा खलासीलाई सामान्य चोट लागेको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।

About Author

Advertisement