नयाँ दिल्ली: केन्द्र सरकारले आम जनतालाई ठूलो राहत दिएको छ। देशभरि नै पेट्रोल डिजलको मूल्यमा २ रुपियाँ प्रतिलीटर कटौती गरिएको छ। राजस्थानमा राजस्थान सरकारले पेट्रोल-डिजलमाथि भ्याट दुई प्रतिशत घटाएको छ जसकारण पेट्रोल १.४० रुपियाँदेखि ५.३० रुपियाँ प्रतिलीटरसम्म सस्तो भएको छ भने डिजल १.३४ रुपियाँदेखि ४.८५ रुपियाँ प्रतिलीटरसम्म सस्तो भएको छ। याे नयाँ दर शुक्रवार बिहान ६ बजेदेखि नै लागू भएको छ।
इण्डियन ओयलको वेबसाइट अनुसार पेट्रोल-डिजलको मूल्यमा २ रुपियाँ प्रतिलीटर कटौती गरिएपछि राजधानी दिल्लीमा अब पेट्रोल ९४.७२ रुपियाँ र डिजल ८७.६२ रुपियाँ प्रतिलीटर बिक्री भइरहेको छ। यसरी नै मुम्बईमा पेट्रोल १०४.२१ रुपियाँ र डिजल ९२.१५ रुपियाँ प्रतिलीटर, कोलकातामा पेट्रोल १०३.९४ रुपियाँ र डिजल ९०.७६ रुपियाँ प्रतिलीटर, चेन्नईमा पेट्रोल १०१.१८ रुपियाँ र डिजल ९२.७६ रुपियाँ प्रतिलीटर उपलब्ध छ।
यस अतिरिक्त देशका अन्य प्रमुख शहरहरू क्रमैले नोएडामा पेट्रोल ९४.६६ रुपियाँ र डिजल ८७.७६ रुपियाँ प्रतिलीटर, गुरूग्राममा पेट्रोल ९४.९८ रुपियाँ र डिजल ८७.८५ रुपियाँ प्रतिलीटर, लखनऊमा पेट्रोल ९४.६५ रुपियाँ र डिजल ८७.७६ रुपियाँ प्रतिलीटर, चण्डीगढ़मा पेट्रोल ९४.२४ रुपियाँ र डिजल ८२.४० रुपियाँ प्रतिलीटर, पटनामा पेट्रोल १०५.४ रुपियाँ र डिजल ९२.३२ रुपियाँ प्रतिलीटर तथा जयपुरमा पेट्रोल १००४.८८ रुपियाँ र डिजल ९०.३६ रुपियाँ प्रतिलीटर बिक्री भइरहेको छ।
उल्लेखनीय छ, अन्तरराष्ट्रिय बजारमा आज काँचो तेलको मूल्य ८६ डलर प्रतिब्यारल निकट रहेको छ। पेट्रोल र डिजलको मूल्यमा २ रुपियाँ प्रतिलीटर कटौती गरिएकोमा एकजना बाइकरले भने, तेलको मूल्य घट्नाले सबै मानिसहरूलाई फाइदा हुनेछ। यो कटौती सरकारले दिएको ठूलो राहत हो।










